एमालेको नयाँ नेतृत्व : १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाण्डौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।

दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

यस्तो छ टिम :

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष : विष्णु पौडेल

रामबहादुर थापा

पृथ्वीसुब्बा गुरुङ

रघुजी पन्त

गोकर्ण विष्ट

महासचिव

शंकर पोखरेल

उपमहासचिव

रघुवीर महासेठ

लेखराज भट्ट

योगेश भट्टराई

सचिव :

छविलाल विश्वकर्मा

भानुभक्त ढकाल

पद्मा अर्याल

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

शेरधन राई

हिक्मत कार्की

महेश बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *