एमाले बैठकमा माधव नेपाललाई छोडेका नेताहरु ८ महिनापछि सहभागि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ८

काठमाडौं । नेकपा एमाले विभाजनमा साथ नदिएका तेस्रो धारका नेताहरु ८ महिनापछि एमाले स्थायी कमिटि बैठकमा सहभागि भएका छन् ।

उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि पुगेकी छन्। त्यसैगरी यसअघि माधव नेपाल समूहमा रहेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागी हुन पुगेका छन्।

त्यस्तै उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि लामो समयपछि एमाले बैठकमा भाग लिन पुगेका छन्।

पुस ५ मा केपी ओलीले संसद विघटन गरेपछि उनीहरु बैठकमा गएका थिएनन् । ८ महिनापछि उनीहरु आजको बैठकमा सहभागि भएका हुन् ।

यसअघि एमालेमा देखिएको विवादका क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सबै नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुगेका हुन्।

सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए।

त्यही अनुसार आजको स्थायी कमिटी बैठकले पनि नेकपा एकीकृत समाजवादी खोल्ने निर्णयमा पुगेका नेता नेपाललाई पार्टीमा फर्किन आह्वान गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *