काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारमा कडाइ गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित आचारसंहिता अनुसार अब दल वा उम्मेदवारले सभा, जुलुस, कोणसभा तथा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने छन्।
आयोगले झण्डा, फ्लेक्स, डिजिटल बोर्ड, साउन्ड तथा भिडियो सामग्रीको दुरुपयोग रोक्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो। दल वा उम्मेदवारको कार्यालयमा भने तीन बाइ चार फिटको झण्डा र चुनाव चिन्ह राख्न पाइनेछ।
घरदैलो गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रयोग गर्न नहुने तथा सवारी साधन प्रयोग गरी र्याली गर्न नपाइने प्रस्ताव गरिएको छ। अनलाइन, टिभी, एटिएम, कल सेन्टर, सडक नाटकजस्ता माध्यमबाट प्रचार गर्न पनि रोक लगाइनेछ।
आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यी व्यवस्था प्रस्ताव गरिएको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्