आफ्नै सचिवालय सदस्यहरू माफर्त नै राजनीतिक दल खोल्ने बालेनको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । काठमाण्डौँ महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै सचिवालय सदस्यहरू माफर्त नै राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।

‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका बेला ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनेको सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको बुझिएको छ ।

बालेन निकट एक सदस्यका अनुसार मेयरसाब (बालेन) पनि आफूहरूबाट कसैलाई कुलमानको टिम पठाउनुपर्छ भन्नेमा थिए । ती सदस्यका अनुसार कुलमानले पार्टीका नाम र अन्य केही विषयमा लचिलो हुने भने पनि अन्तिममा एकल निर्णय गरेका थिए । त्यसपछि आफूहरूको टिम ब्याक भएको उनले खुलाएका छन् ।

अब बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुने प्रक्रियामा रहेको स्रोत दाबी गर्छ । उक्त पार्टी सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने तयारीमा छ भने चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ । यद्यपि यो चुनाव चिह्न अहिले ‘हामी नेपाली पार्टी’सँग छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *