अत्यधिक रक्तश्रावपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

सङ्खुवासभा, असार ७ — पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सुत्केरी सनिता परियारलाई अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

जिल्ला अस्पतालमा शल्यक्रिया पश्चात स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोशी अस्पताल विराटनगर पठाइएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भमा थापाथली प्रसूति गृह सिफारिस भए पनि खराब मौसमका कारण बिराटनगर पठाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *