लिङ्देनको आरोप: “बालेनको नाममा राजतन्त्र समर्थक मत रास्वपातर्फ गएको”

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन, असार ७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा राजसंस्था पक्षधर मतको केही हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ गएको दाबी गरेका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

लिङ्देनका अनुसार देशमा राजसंस्था पुनःस्थापनाको माग रहने भए पनि उक्त मत सिधै राप्रपामा मात्रै सीमित नभई विभिन्न दलमा बाँडिएको छ। उनले मतदाताले बालेन्द्र शाहको नामसँग जोडेर रास्वपालाई समर्थन गरेको हुन सक्ने दाबीसमेत गरे।

उनले मुलुकको समस्या केवल नेतामा मात्र नभई वर्तमान संविधान र राजनीतिक संरचनामा पनि रहेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *