मध्यरातमा मेयर बालेनको आपत्तिजनक स्टाटस, आलोचनापछि हटाए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

काठमाडौं — जेन–जी आन्दोलनपछि पुनः चर्चामा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यरात सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक टिप्पणीसहितको स्टाटस पोस्ट गरेका छन्।

उनले सो स्टाटसमा अमेरिका, भारत र चीनका साथै नेपालका प्रमुख राजनीतिक दल — नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — सबैको विरोध जनाउँदै लेखेका थिए, “तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ।”

सो स्टाटसमा उनले आपत्तिजनक अंग्रेजी शब्द पनि प्रयोग गरेका थिए, जसको कारण सामाजिक सञ्जालमा तीव्र आलोचना भयो। आलोचनापछि उनले उक्त स्टाटस आफ्नो वालबाट हटाएका छन्। तर, हटाएपछि पनि सो स्टाटसको स्क्रिनसर्ट फेसबुक, एक्स (ट्विटर) र अन्य सामाजिक सञ्जालहरूमा तीव्र गतिमा फैलिएको छ।

यस विषयमा मेयर शाहले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *