ज्ञवालीको रास्वपालाई चेतावनी: सन्तुलन बिना गति दुर्घटनाको कारण बन्न सक्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन, असार ७ — नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई जिम्मेवार ढंगले प्रयोग गर्दै लोकतान्त्रिक संस्थागत सुदृढीकरणमा ध्यान दिन सुझाव दिएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा छोटो समयमा हासिल गरेको सफलता महत्वपूर्ण भए पनि त्यसलाई व्यवस्थित र सन्तुलित रूपमा अघि बढाउनुपर्ने बताए।

उनले रास्वपाको राजनीतिक शैलीलाई गाडीको गतिसँग तुलना गर्दै भने, “गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेकको प्रयोग गरिएन भने दुर्घटना हुन सक्छ।” उनले रास्वपालाई तीव्रतासँगै सन्तुलन र संयम पनि आवश्यक रहेको सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *