|
२०८२ कार्तिक ७
काठमाडौं — प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्दै आएको औषधि बरामद गरेको छ।
टोखा नगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीमा चिकित्सकको अनुमति बिना बिक्री वितरण हुँदै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापामा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ ७५० ट्याबलेट, प्रिगेबलिन १०० ट्याबलेट, प्रिगेबलिन क्याप्सुल एलपी २०० क्याप्सुल, र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतमको सञ्चालनमा रहेको खुलेको र औषधि व्यवस्था विभागसँगको समन्वयमा मापदण्ड विपरीत बिक्री गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्