×

काठमाण्डौँमा इन्धनबाट चल्ने आधाभन्दा बढी सवारी मापदण्ड विपरीत

जेष्ठ २४, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदूषण परीक्षण गर्दा आधाभन्दा बढी गाडी मापदण्ड विपरीत चलिरहेको पाइएको छ ।

महानगरभित्र सञ्चालन भएका २ हजार ५ सय ३२ सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ हजार ३ सय ३ वटा अर्थात ५१.४६ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको हो ।

महानगरले गरेको सवारीसाधनको स्थलगत प्रदूषण परीक्षणको नतिजा अनुसार ६११ पेट्रोल गाडीको प्रदूषण परीक्षण गर्दा ९५ वटा अर्थात् १५ प्रतिशत बढी गाडी मापदण्ड विपरीत रहेको पाइएको छ । यस्तै १ हजार ९२१ डिजेल गाडीको प्रदूषण परीक्षण गर्दा १ हजार २०८ वटा अर्थात् ६२.८८ प्रतिशत गाडीको प्रदूषण मापदण्ड विपरीत रहेको पाइएको छ ।

महानगरले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेर सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गर्दै आएको छ ।

मापदण्ड के छ ?

‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टा(छुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ ।

जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । दुई पाङ्ग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सहरका सडकमा गुडिरहेका सवारीसाधनले मापदण्ड पालनाको अवस्थामा जानकारी लिन गत २९ पुसदेखि महानगरको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा प्रदूषण जाँच गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: