काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २८

काठमाडौँ : काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम भएपछि काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नियमित झरी र समयसमयमा भारी वर्षा हुने क्रम जारी रहेकाले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले पानीको प्रवाह नदीहरूमा बढेसँगै आसपासका बस्ती डुवानमा पर्ने, जमिन कटान हुने, जनधनको क्षतिको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।

साथै उनले जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ९८५१३३८३२२/९८५११००५५९, काठमाडौं महानगरपालिका १६६००१०५५११/११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

उनले नदी किनार, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जम्मा भएको सडकमा प्रवेश नगर्न, सवारी प्रवेश नगराउन, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ् नगर्न र अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न पनि सबैलाई अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *