
१ असार, काठमाडौं । केही दिन यता नेपालमा मनसुन थप सक्रिय हुदै आएको छ । मनसुन थप सक्रिय हुनुमा भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र न्यून चापीय रेखाको प्रभाव देखिएको हो।
जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका विभिन्न स्थानमा मनसुन सक्रिय हुँदा आज दिउँसो हल्कादेखि मध्यम वर्षा भइरहेको र राति पनि वर्षा हुने प्रबल सम्भावना छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया