|
२०८३ श्रावण २२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका पार्टी सांसदलाई सरकार गठनसम्बन्धी कुनै गतिविधिमा संलग्न नहुन निर्देशन दिएका छन्।
सांसदहरूसँगको छलफलमा उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार मात्रै अघि बढ्न आग्रह गर्दै सरकार निर्माणका विषयमा व्यक्तिगत रूपमा कुनै निर्णय नगर्न स्पष्ट निर्देशन दिएका हुन्।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार बैठकमा सहभागी सांसदहरूले पार्टी नेतृत्वको निर्देशन पूर्ण रूपमा पालना गर्दै एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्