|
२०८२ भाद्र २३
२३ भदौ, काठमाडौं ।जेनजीहरूको सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उक्त घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिएका छन्। उनका अनुसार समितिलाई १५ दिनभित्र घटनाको विस्तृत छानबिन गरी सरकारसमक्ष प्रतिवेदन बुझाउने कार्यादेश (टर्म्स अफ रेफरेन्स – टिओआर) दिइएको छ।
सोमबार काठमाडौंमा जेनजीले गरेको प्रदर्शनका क्रममा केही ठाउँमा झडप र तोडफोडको घटना भएको थियो। यसलाई लिएर उत्पन्न सार्वजनिक चासोका कारण सरकारले छानबिन अघि बढाएको हो।
सरकारले छानबिन समितिमा को–को रहने र समितिको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने विस्तृत जानकारी खुलाएको छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्