माओवादी पदाधिकारी बैठक खुमलटारमा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २१

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सुरु भएको छ। प्रचण्डको सचिवालयका अनुसार नेताहरुको कार्यविभाजन र पार्टीले सुरु गर्न लागेको अभियानको कार्ययोजना बनाउनेबारे बैठकमा छलफल हुनेछ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने,‘पार्टीका सबै नेताहरुको कार्यविभाजन गर्ने र अभियानको कार्ययोजना निर्माणबारे छलफल गर्ने बैठकको एजेन्डा छ।’ गत पुस २१-२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो।

यसअघि पनि कार्यविभाजनबारे छलफल भए पनि टुंगिएको थिएन। विशेषगरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन सकेको छैन। त्यस्तै माओवादी केन्द्रले फागुनबाट हुलाकी राजमार्गकेन्द्रित अभियान संचालन गर्दैछ। त्यसको कार्ययोजना समेत बैठकबाट बनाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *