माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ।

आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आह्वान गरिएको बैठक मंसीर ४  गते बस्ने माओवादी केन्द्रले जनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय नमिलेपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा व्यस्त रहनेलगायतका कार्यक्रम देखाउँदै माओवादी केन्द्रले बैठक स्थगित गरेको हो।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *