|
२०८३ असार ३
म्याग्दी, असार ३ — मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी जोड्ने सडकखण्ड १८ वर्षपछि स्तरोन्नति गरिएको छ। चालु आर्थिक वर्षमा सञ्चालन गरिएको सडक सुधार योजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
सडकलाई तीनदेखि चार मिटर चौडाइबाट विस्तार गरी कम्तीमा छ मिटर बनाइएको छ। साथै नाली निर्माण, घुम्ती सुधार, ग्याबियन पर्खाल तथा कजवे निर्माणजस्ता पूर्वाधारका काम पनि सम्पन्न भएका छन्।
स्थानीय बासिन्दाको आवागमन सहज बनाउने उद्देश्यले गरिएको यो स्तरोन्नतिबाट मालिका गाउँपालिकाका विभिन्न वडा र बागलुङको तमानखोला क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्