सल्यान : सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत भेटिएपछि प्रहरीले उनीहरुकी आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत भेटिएको र उनीहरुको घाँटीमा डाम देखिएकाले थप अनुसन्धानका लागि आमा पूर्णिमालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिएको र आमाले समेत स्वीकार गरेको सल्यानका डीएसपी केशर न्यौपानेले बताए । अनुसन्धानका क्रममा घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको देखिएको न्यौपानेको भनाइ छ । छोरीहरु बिरामी भएको भन्दै जेठानीसहित छिमेकीलाई बोलाएपनि घटना प्रहरीसम्म पुगेपछि अनुसन्धान सुरु भएको थियो ।
छोरीहरुको हत्या भएको खबर पाएपछि नुवाकोटमा मजदुरी गर्ने टेकमान सल्यान घर फर्कँदै गरेको र उनको जाहेरी लिएर शव पोस्टमार्टम गरिने डीएसपी न्यौपानेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया