चितवनमा एकजनाको हत्या‚ छिमेकी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका–९ शीतल टोलमा शुक्रबार राति एक व्यक्तिको हत्या भएको छ।

शीतल टोलका अन्दाजी ६० बर्षका कान्छा तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

तामाङको उनका छिमेकी ४७ वर्षीय दशरथ मल्लले हत्या गरेको अधिकारीले बताए। मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लामो समयदेखिको व्यक्तिगत रिसिइवीका कारण हत्या भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुका सँगै खाना खाने क्रममा विवाद बढेपछि मल्लले तामाङको हत्या गरेको डिएसपी अधिकारीले जानकारी दिए।

शवलाई भरतपुर अस्पतालमा राखिएको छ। हत्यापछि स्थानीयले पक्राउ परेका मल्लमाथि आक्रमण गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको डिएसपी अधिकारीले जानकारी दिए। उनका अनुसार झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *