×

सल्यानमा श्रीमान–श्रीमती मृत भेटिए

बैशाख ३०, २०८१ | दाक्सु मिडिया सम्वाददाता

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा एक दम्पती मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३४ बर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार आइतबारको उक्त घटना श्रीमाले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको छ । मनोज झुण्डिएको अवस्थामा फेला परेको कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनले बताए ।

स्थानीयको भनाइ अनुसार मनोजको मानसिक अवस्था राम्रो थिएन । यद्यपि घटनाको विषयमा थप विवरण भने आउन बाँकी छ । कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: