महोत्तरीमा जलाएर हत्या गरेको अवस्थामा युवतीको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक १३

काठमाडौँ : महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ। भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

‘सोमबार दिउँसै शव फेला परेपनि अहिलेसम्म सनाखत हुन सकेको छैन,’ डीएसपी जैसवालले भने, ‘हामी घटनाको सुक्ष्म अनुसन्धानमा जुटेका छौँ।’ पिपरा- ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल भारतीय सीमा क्षेत्रबाट झण्डै पाँच किमी नजिक पर्छ।

‘कालो लेहँगा र हल्का पहेँलो रङको कुर्था लगाएकी युवतीको शव आँप बगैँचाको आलीमा भेटिएको हो,’ जैसवालले भने, ‘अनुहारमाथि सल राखेर जलाइएको छ। तर, शरीरको अन्य भागमा भने कुनै चोटपटक देखिएको छैन। अनुहार पनि पूरै जलेको छैन। हामीले पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जलेश्वरमा राखेका छौँ।’

युवतीको हत्या भएको आशंका प्रहरीले गरेको छ। तर, घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *