छविलाल जोशीलाई अदालत उपस्थित गराइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ७

काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल बन्जाडे जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका उनलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो। काठमाडौँबाट पक्राउ परेका जोशीलाई राति सवा ९ बजे पोखरा पु¥याइएको थियो। पोखरा एयरपोर्टमा झर्दा उनी हाफप्यान्ट र टिसर्टमा थिए भने मुखमा मास्कसहित पुगेका थिए।

पोखरा महानगरपालिका वडा नं ४, नालाकोमुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगीसम्बन्धी कसुरमा संलग्न रहेको कारण छविलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य व्यक्तिहरूउपर हालसम्म पक्राउ पुर्जी जारी नगरेको पनि कास्की प्रहरीले विज्ञप्तिमार्फत भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *