×

ज्वेलर्समा हुन्डी कारोबार: साढे ३८ लाखसहित सञ्चालक पक्राउ

भदौ ३१, २०७८ | दाक्सु मिडिया

वीरगन्ज- पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । 

वीरगन्ज महानगरपालिका-.६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।  प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो । 

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।ज्वेलर्सबाट मुद्राको अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: