जान्ह्वी कपुर अस्पताल भर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ४

काठमाडौँ : बलिवुड अभिनेत्री जान्ह्वी कपुर अस्पताल भर्ना भएकी छिन्। फूड पोइजनिङ्गका कारण उनलाई बिहीवार अस्पताल भर्ना गरिएको हो।

जान्ह्वी विगत केही दिनदेखि बिरामी थिइन्। स्वास्थ्यमा सुधार नआए पछि उनलाई बिहीवार अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार हाल जान्ह्वीको स्वास्थ्य स्थिर रहेको छ र एक दुई दिनमा उनलाई डिस्चार्ज गरिने छ। जान्ह्वी पछिल्लो समय भारतका धनाड्य व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा सहभागी भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *