बारुलाले आक्रमण गर्दा ४२ जना अस्पताल भर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १६

काठमाडौँ : श्रीलङ्कामा बारुलाले आक्रमण गर्दा ४२ जना विद्यार्थी अस्पताल भर्ना भएका छन्।

श्रीलङ्काको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयमा मङ्गलवार बारुलाले आक्रमण गरेपछि ४२ जना विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। विद्यालय भवनको छतमा रहेको बारुलाको गुँडमा भएको गडबडीपछि उक्त घटना भएको स्थानीय प्रहरीले जनाएको छ।

विद्यार्थीहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनीहरूको उमेर १० देखि १५ वर्षको बीचमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *