×

बागमती नदीको जलसतह सतर्कता तह आसपास, सतर्कता अपनाउन आग्रह

असार १५, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । काठमाण्डौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको छ ।

नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको हो ।

यसैगरी, प्युठान जिल्लाको हंसपुर वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्रका साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: