कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता अपनाउन सरकारले आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २५

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।

भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तयारी गरेका छन्।

सिसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

‘स्वास्थ्य मन्त्रालयको प्राविधिक मार्गदर्शन र सिसीएमसीको निर्देशनअनुसार हामी अगाडि बढ्छौं। कोरोना संक्रमण पछिल्लो समय बढेको छ,’ उनले भने, ‘जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना भएको देखिन्न।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *