कोरोना फ़ैलिन नदिन प्रधानमन्त्री देउवाले उच्च सतर्कता अपनाउन निर्देशन दिए

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २३

काठमाडौं: नेपालमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा देउवाले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले कोरोनाविरुद्धको भ्याक्सिन अभियानलाई तीव्र पार्न, अस्पतालहरुलाई तयारीमा अवस्थामा राख्न निर्देशन दिएका हुन्। त्यस्तै कोरोना परीक्षणको दायरा बढाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएको एक मन्त्रीले बतए। शुक्रबार एकैदिन नेपालमा ९६५ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकैौदिन २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *