नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २६

काठमाडौँ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्ने बताइएको छ। बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लिने विश्वासको मतबारे छलफल हुनेछ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *