×

रास्वपाको संयुक्त बैठक बस्दै

चैत्र ५, २०७९ | दाक्सु मिडिया

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ ।

काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबारे रणनीति बनाउन संयुक्त बैठक बस्न लागेको उनको भनाइ छ । माघ २२ गते सरकारबाट बाहिरिएको रास्वापाले सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: