भ्रातृ संगठनहरूलाई चैत्र मसान्तसम्म अनिवार्य महाधिवेशन गर्न कांग्रेसको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन गर्ने निर्देशन दिएको छ।

उनका अनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रूपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश दिएको बताए।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन नगरेका भातृ संगठनलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रूपमा गर्न निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *