काभ्रेमा खोलाले बगाएर एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २४

काठमाडौं : काभ्रेमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ। रोशी गाउँपालिका-१ सानो भुक्देउ खोला तर्ने क्रममा सोही वडाका ४५ वर्षीय कमल बिकको मृत्यु भएको हो।

आइतबार साँझ सात बजेतिर श्रीमाती छोरीसँगै खोला तर्ने क्रममा उनलाई बगाएको थियो। सोमबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *