×

दाङमा बाढीले जिप बगाउँदा चार जनाको मृत्यु, चालक घाइते

भदौ १७, २०७८ | दाक्सु मिडिया सम्वाददाता

दाङ।दाङमा बाढीले जिप बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदीबहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

घटनामा परि घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: