|
२०८१ असार १९
लमजुङ : अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।
यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ खरखरे र मस्र्याङ्दी गाउँपालिका-९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ। मङ्गलबार राति चामे गाउँपालिका-१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन। राससयो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्