×

हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी प्रवेश निषेध गरियोः मेयर बालेन

असार १९, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्राचिन मौलिकता जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्।
‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण रहेको जनाउँदै मेयर साहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य राख्न सवारी प्रवेशमा रोक लगाएको बताएका हुन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: