राष्ट्रपति पौडेल पाटन दरबार क्षेत्र अवलोकनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८० श्रावण १२

राष्ट्रपति रामचन्द्र पौडैल बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनमा पुगेका छन्।

बिहानै दरबार क्षेत्र पुगेका उनले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलले जानकारी दिए।

पाटन दरबार क्षेत्रमा सिमसिम पानी पर्दा राष्ट्रपति पौडेलले छाता ओडेर दरबार क्षेत्रको अवलोकन गरेका छन्।

राष्ट्रपति आउने भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि बिहानै दरबार क्षेत्र पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *