सांसद सोविता गौतमको प्रश्न- प्रशिक्षकले नेपाललाई उपाधि जिताइसके, श्रम स्वीकृति अहिलेसम्म किन पाएनन्?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २४

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले श्रम स्वीकृति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रशिक्षकले श्रम स्वीकृति पाउन नसक्नु खेल प्रतिको उदासिनता भएको बताइन्।

‘केही समयअघि नेपालमा त्रिदेशीय प्रधानमन्त्री कप सम्पन्न भयो। नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षकले खेल खेलाएर नेपाललाई कप जिताइसके तर अहिलेसम्म पनि उनले श्रम स्विकृति पाउन सकेका छैनन्,’ उनले भनिन्। 
  
‘यत्रो समय भइसक्दा पनि श्रम स्वीकृति किन पाएका छैनन्, यो अचम्मको विषय त हो नै यो खेल प्रतिको उदासिनता हो, विसंगति पनि हो, विकृति पनि हो, अव्यवस्था पनि हो।’

उनले खेल जिते पछि पैसा दिएर मात्र खेलप्रतिको सम्मान हुन नसक्ने बताइन्। 

‘खेल जितेको बेला खुजुरा पैसाको बिटो दिनु मात्र खेल प्रतिको सम्मान हुँदैन सभामुख महोदय। त्यसैले खेल प्रतिको सम्मान गर्ने हो भने सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन्, ‘हाम्रो अव्यवस्थाको मार मुख्य प्रशिक्षकलाई नपारी उनको श्रम स्विकृति दिलाउनु पर्छ र उनलाई तलब भत्ताको व्यवस्था सुनिश्चित गर्नु पर्छ।’

अघिल्लो महिना प्रशिक्षक नियुक्त भएका अनेसेले श्रम स्विकृती नपाइ नेपाललाई प्रधानमन्त्री थ्री नेसन्स कप खेलाएका थिए। गत शुक्रबार भएको फाइनलमा नेपालले लाओसलाई हराउँदै उपाधि जितेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *