सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ की अन्तैबाट चलेको छ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले सरकार समक्ष यस्ताे प्रश्न राखेका हन्। ‘प्रधानमन्त्री ज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ? ’ उनले प्रश्न गरे।

मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको उनकाे आरोप थियाे। उनले भने ‘बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेको जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजानु भयो। यो अवस्थामा प्रधानमन्त्री ज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ?’

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदमा रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरूप नरहेको जिकिर गरे। सरकार अराजकतातिर गइरहेको बताउँदै उनले भने ‘सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ?’

उनले यो अराजकता कहिले अन्त्य हुन्छ भन्दै अर्को प्रश्न सोधे। ‘यो देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *