म शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम हुँदैन: रामचन्‍द्र पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २५

राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।

राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले आज पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताए।

उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने बताएका थिए।

‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ,’ उनले भने, ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’

उनले ८ दलका सांसदहरूले आफूलाई सहयोग गर्ने र निर्वाचित हुनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन्। कांग्रेससहित ८ दलको समर्थनमा पौडेल गत फागुन १३ मा राष्ट्रपति उम्मेदवार भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *