राष्ट्रपति पौडेल भेट्न शीतलनिवासमा प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड केहीबेर अघि शीतलनिवास पुगेका हुन्।

सोमबार राति भएको नेकपा एमाले र नेपाली कांग्रेसबीचको समझदारीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे कुराकानी गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।

प्रचण्डले अहिले तत्काल राजीनामा नदिएर विश्वासको मत सामना गर्ने बताएका छन्। उनले पार्टी बैठकमा विश्वासको मत लिने जानकारी गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको षड्यन्त्रको प्रतिवाद गर्न निर्देशन दिएका छन्।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *