रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो ।
हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी आएका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि अधिकांश दर्शनार्थी आफ्नै सवारीसाधन लिएर आएका छन् । मेला व्यवस्थित गर्न सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया