×

स्थानीय उत्पादनको बजार विस्तारमा उपयोगी बन्दै औद्योगिक र व्यापारिक मेला

फाल्गुन २८, २०७९

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि मुलुकका विभिन्न स्थानमा बेला बेलामा मेला-महोत्सव आयोजना हुने गरेका छन् । 

विभिन्न संघ संस्था र उद्योगी व्यापारीको सक्रियतामा आयोजना हुने यस्ता मेला-महोत्सवले मनोरञ्जनका साथै स्थानीय उत्पादनको बजारीकरणमा निकै सहयोग पनि पुग्छ । तर यस्ता मेला महोत्सवको सुरक्षा सावधानीमा भने प्रशासन गम्भीर देखिँदैन ।

भारतीय सीमावर्ती क्षेत्र सुनसरीको बर्जु महोत्सवमा अघिल्लो र यसवर्ष समेत भोजपुरी कलाकार केशरीलाल यादवको संगीतिक प्रस्तुति हेर्ने क्रममा झडप हुँदा प्रहरी सहित ५ जना घाइते भए । विराटनगरमा भएको विराट एक्पोमा समेत दुई पक्षबिचको विवादले तनाव उत्पन्न भयो । धनकुटामा सम्पन्न धनकुटा महोत्सवमा त प्रहरी र दर्शकबीच झडप हुँदा २१ जना घाइते भए । 

सुनसरी, मोरङ र धनकुटाका यी घटना त प्रतिनिधि मात्र हुन । पछिल्लो समय आयोजना हुने मेला, महोत्सवमा आयोजकले सुरक्षा सावधानी नअपनाउँदा यस्ता घटना दोहोरिइरहेका छन् ।

जिल्ला तथा प्रदेश स्तरमा हुने महोत्सवले त्यसको गरिमा बढ्ने भए पनि नगर, गाउँपालिका र टोलैपिच्छे हुने मेला र महोत्सवमा अस्वस्थ प्रतिस्पर्धा गरी आयोजना गर्ने परम्पराले यस्ता घटना दोहोरिइरहेका हुन् । जिल्लामा फरक फरक आयोजकले फरक फरक स्थानमा मेला महोत्सव आयोजना गर्ने भन्दा पनि त्यसलाई संयोजन गरी समन्वयात्मक ढंगले सञ्चालन गर्नुपर्ने उद्योगी व्यवसायी बताउँछन् 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: