खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १२

खोटाङ : खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र अन्य २२ जना यात्रुहरु घाइते भएका छन् । मृत्यु हुने ब्यक्ति सिन्धुपाल्चोक घर भएका १८ वर्षीय सह–चालक अनिल तामाङ हुुन् । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा३ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घट्ना हुँदा उनको घट्नास्थलमै मृत्यु भएको हो।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कनेक्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटनाग्रस्त भएको थियो । सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो ।   


त्यसमध्ये ९ जना गम्भीर घाइते भएका छन् । कतिपय घााइतेेहरूको बाहुनीडाँडा स्वास्थ्यचौकी र च्यास्मीटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेको जानकारी प्राप्त भएको छ। त्यस्तै बसमा चालक र सह–चालकसहित ३५ जना सवार रहेका थिए।  घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *