एपानको ५५ औं सम्मेलन काठमाडौंमा हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २८

एसिया प्यासिफिक एड्भान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन काठमाडौंमा हुने भएको छ।

आगामी सोमबार (फागुन २९ गते) उक्त सम्मेलनको उद्घाटन हुने नेपाल रिसर्च एन्ड एजुकेशन नेटवर्क (एनआरइएन)ले जनाएको हो। सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने बताइएको छ। 

पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको हो। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धि संस्थाहरूको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एन्ड एजुकेशन नेटवर्क (एनआरइएन)ले गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *