|
२०८३ भाद्र २७
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा खोजी तथा उद्धारका क्रममा शनिबार बिहानसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ३६४ जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये १ हजार २३० वटा व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतक र आफन्तबाट गरी ३ हजार ६५ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता छन्। उनीहरूको खोजी जारी छ। उद्धार, राहत र शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ भने विभिन्न होल्डिङ सेन्टरमा २ हजार ७११ जनालाई राखिएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्