उद्धारमा ढिलाइले क्षति बढेको प्रचण्डको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्मा सरकारले समयमै विज्ञ तथा विदेशी प्राविधिकको सहयोग नलिँदा धेरैको ज्यान गएको आरोप लगाएका छन्।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्को सुरुवाती चार–पाँच दिनमै विशेषज्ञ परिचालन गरेर उद्धार अघि बढाउनुपर्ने बताएका हुन्। विदेशी प्राविधिकले सहयोग गर्न चाहँदा पनि सरकारले आफैं उद्धार गर्ने भन्दै उनीहरूको सहयोग लिन ढिलाइ गरेको उनको दाबी छ।

१०–११ दिनपछि समेत मानिस जीवितै भेटिएको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैको ज्यान बचाउन सकिने अवस्था रहेको प्रचण्डले बताए

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *