सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित १० दलको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन्।
शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन्।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया