×

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवको मनोनयन दर्ता

फाल्गुन २७, २०७९ | दाक्सु मिडिया

उपराष्ट्रपति पदमा सत्ता गठबन्धनका तर्फबाट जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवको मनोनयन दर्ता भएको छ । यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् ।

यस्तै समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् । 

आयोगले मनोनयन दर्तापछि आजै ३ बजेभित्रमा उम्मेदवारहरुको सूची प्रकाशन गर्नेछ । यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने पनि निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय भने भोलि (आइतबार) मध्याह्न १२ बजे गर्ने तालिका सार्वजनिक गरेको छ । यसैगरी आयोगका अनुसार उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आइतबार १२ देखि १ बजेभित्र प्रकाशन गर्नेछ भने उम्मेदवारको नाम फिर्ताको समय १ बजेदेखि साँझ ४ बजेभित्र गर्न सकिनेछ ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने आइतबार साँझ ४ देखि ५ बजेभित्र गर्ने तालिका बनाएको छ । आयोगका अनुसार उपराष्ट्रपति निर्वाचनको मतदान भने चैत ३ गतेका लागि तोकेको छ । मतदानको समय बिहान १० बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: