माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट पुस १० मा प्रधानमन्त्री बन्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सन्तुष्ट थिएनन् ।
प्रचण्ड एक्लै गएर बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग सहमति गरेको भन्दै अध्यक्ष नेपालले सार्वजनिक रूपमै गुनासो पोखेका थिए ।
प्रधानमन्त्री भइसकेपछि प्रचण्डले एकीकृत समाजवादीलाई समेत सरकारमा ल्याउन पहल गरे पनि एमाले अध्यक्ष ओली इच्छुक भएनन् । जसका कारण माधव नेपालमा थप असन्तुष्टि बढ्दै गयो ।
यता सरकारमा एमालेको हालीमुहाली बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्डले समेत असहज महसुस गर्न पुगे । सोही कारण राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्ड एमाले नेतृत्वको गठबन्धन छाडेर पुरानै गठबन्धन ब्युँताउने प्रयासमा लागिरहे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया