काठमाडौं- नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमालेलगायत चार दलीय गठबन्धन बनाएर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद विस्तार गर्ने भन्दा पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउन व्यस्त छन्।
अहिले सरकारको पक्षमा स्पष्ट बहुमत भएपनि गठबन्धनलाई अझै बलियो बनाउन र प्रदेशसभामा पनि गठबन्धनकै सरकार बनाउन प्रधानमन्त्री दाहाल अध्यक्ष नेपाललाई रिझाउन व्यस्त छन्।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर नेपाल निवास पुगेको भोलिपल्ट प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए।
जहाँ नेपाललाई गठबन्धनमा सहभागी हुन ओली र दाहालले आग्रह गरे। यस विषयमा निर्णय लिन एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।
गठबन्धन बलियो बनाउन लाग्दा मन्त्रिपरिषद् विस्तारमा भने ढिलाइ हुने भएको छ। अहिले सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो नलागेको र सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मात्रै लागेपछि मन्त्रालयको भागबन्डा गर्ने प्रधानमन्त्रीको तयारी छ।
नेपाली कांग्रेससहितको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले एमाल०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा०सहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाएका छन्। यी दलका बीचमा आठबुँदे सहमति गर्दै नयाँ गठबन्धन बनेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक मन्त्रालयको भागबन्डा सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो लागेसँगै टुंग्याउने छलफल गर्दै सकिएको छ। सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो नलागेका मन्त्रालयको भागबन्डा पनि लाग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ।
मन्त्रालयको भागबन्डा टुंग्याउन र सरकारको नीति, कार्यक्रम, प्राथमिकतालगायत ’दयगतमा टुंगो लगाउन गठबन्धनले एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले र जसपा नेता राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल बनाएको छ।
कार्यदलको बैठक बसे पनि सरकारमा सहभागी हुने सबै दलको टुंगो नलागेकाले मन्त्रालय भागबन्डा’दयगत गम्भीर रूपमा छलफल हुन नसकेको एक नेताले बताए।
नयाँ गठबन्धन बनेसँगै महत्वपूर्ण मानिने गृह र अर्थमा दलहरूले दाबी गरेका छन्। गृह र अर्थमा एमाले, माओवादी केन्द्र र रास्वपा तीनै दलले दाबी गरेपछि सत्तारूढ दलमा शक्ति बाँडफाँटको विषय पेचिलो बन्ने देखिन्छ। माओवादी पछिल्लो समय अर्थ छोड्नै नहुने निष्कर्षमा पुगेको छ।
गृहमा आफूलाई निरन्तरता दिनुपर्ने पक्षमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लागेका छन्। यस’दयगतमा श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बिहान पुगेर छलफलसमेत गरिसकेका छन्।
तर, गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले एमालेले गृह र अर्थ पाउनुपर्ने दाबी गरेको छ। यी दुईमध्ये एक अनिर्वाय रूपमा एमालेले आफूसँग राख्न खोजेको छ। प्रचण्ड र ओलीका बीचमा गृह एमाले र अर्थ माओवादीले राख्ने आन्तरिक सहमति भइसकेको स्रोतको दाबी छ।
उता, रास्वपा सभापति रवि लामिछानेकै नेतृत्वमा गृह मन्त्रालयसहित सरकारमा जान रास्वपा चाहन्छ। रास्वपाले गत १० पुसकै पोजिसनमा सरकारमा आफ्नो सहभागिता हुनुपर्ने जनाएको छ।
रास्वपाले गृह तथा उपप्रधानसहित तीन मन्त्रालय पाएको थियो भने एक राज्यमन्त्रीसमेत पाएको थियो। रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको छ। गृहमा अरूले दाबी गरे पनि रास्वपाले गृह छोड्न नसक्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया